२०८३, ११ कार्तिक बुधबार

पूर्व अरनिको यातायातको जडिबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन आग्रह

पूर्व अरनिको यातायातको जडिबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन आग्रह


काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लि.ले, जडिबुटीमा निर्माणाधीन सुविधा सम्पन्न बसपार्क नभत्काउन महानगरलाई आग्रह गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीले, आफूहरुले महानगरले चाँडै बसपार्क भत्काउन लागेको भन्ने सूचना पाएको भन्दै त्यसलाई आग्रह गरेको बताए । उनले भने ‘काठमाडौं महानगरपालिकाका एसपि पाण्डेले छिट्टै बसपार्क भत्काउने योजना छ भन्नु भएको छ भनेर हामीलाई सुनाएपछि मलाई करेन्ट लागे जस्तो भो । मैले तुरुन्तै यातायात व्यवस्था विभागको डिजी सरसंग भेटे उहाँले त्यही खालको छनक दिनुभयो । दुईटैको दृष्टिकोण एकदमै टकरावमा छ । त्यसो हुनाले त्यस्तो दुर्भाग्य आउन सक्छ भन्ने कुरा दिनुभयो ।’

महानगरले निमय कानून विपरित भएको भन्ने जवाफ दिएको भन्दै उनले आफूहरुले ऐन कानून अनुसार निवेदन दिएको बताए ।
यदी त्यो नभएको भएपनि ऐन कानून जनतामैत्री हुनुपर्ने उनको तर्क छ । उनले सार्वजनिक शौचालय भने नक्सा पास नभई निर्माण भएको स्वीकार गरे । यात्रु व्यवसायीको मात्रै होइन् यात्रुको समेत माग भएको भन्दै बसपार्क नभत्काउन आग्रह गरे ।
उनले भने ‘बसपार्क बचाईदिनुस् भन्ने हाम्रो रोदन हो यो । यो रोदन दुनियाँको समक्ष राखिदिनु होला । ’
जडिबुटिमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर, सुविधा सम्पन्न बसपार्क निर्माणको काम अन्तिमचरणमा पुगेको जानकारी दिएका उनले । पूर्व चल्ने गाडिको लागि बस बसपार्क, टिकट काउन्टर र निःशुल्क शौचालय निर्माण निर्माणधिन रहेको उनको भनाई छ ।
‘एयरपोर्टमा यात्रु बस्ने प्रतिक्षालय छैन् । मान्छेहरु टिकट काट्छन् एयरपोर्टमा आउँछन् उभिएर बस्छन् । हवाई जहाज आउँछ मान्छेहरु उभिएरै चढेर जानु पर्छ । तर हामीले यहाँ चार पाँच सय यात्रुलाई, ओर्लिनेलाई पर्खिने प्रतिक्षालय छ । टिकट काटेर बस्ने यात्रु प्रतिक्षालय छ । त्यति मात्रै होइन्, नेपालको सार्वजनिक बस चढ्ने यात्रुहरु सबै भन्दा निम्न बर्गका छन् । ’ उनले भने ।
त्यस्तै उनले काठमाडौंका मेयर बालेन साहले अहिले सम्म एउटा पनि नि शुल्क सार्वजनिक शौचालय निर्माण नगरेको भन्दै आलोचना समेत गरे ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ९ : ५४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा