२०८३, २२ आश्विन शुक्रबार

सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चाहेको छैन : ओली

सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न चाहेको छैन : ओली


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि त्यो आयोगमार्फत छानबिन गर्न भने नमानेको उहाँको जिकिर थियो ।

आजदेखि काठमाण्डौमा शुरु भएको पार्टीको बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । सुन तस्करहरूलाई भगाउनका लागि सरकार एक महिनापछि मात्रै आयोग बनाउन तयार भएको उहाँले दाबी गर्नुभयो । ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै न कुनै दिन छानबिन गराएरै छाड्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एक महिनासम्म सङ्घर्ष गरेर सुन तस्करीको छानबिन गर्नुपर्छ, व्यापक छानबिन गर्नुपर्छ भन्यौँ । एक महिनापछि सरकार बल्ल आयोग बनाउन मान्यो । तस्करहरूलाई भगाउन नै सरकारलाई एक महिनाको समय चाहिएको हो । अहिले सरकार छानबिन गर्नु हुँदैन भनिराखेको छ ।’

ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले जेल पर्नेमा सत्तारूढ दलकै नेताहरू हुने उहाँले दाबी गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको आवाज संसदमा उठ्न नदिनका लागि संसद् लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ५ : २४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य