२०८२, २५ मंसिर बिहीबार

एमाले वाग्मती प्रदेशमा समस्या छ, निर्मम समीक्षा गुर्नुपर्छ : ईश्वर पोखरेल

एमाले वाग्मती प्रदेशमा समस्या छ, निर्मम समीक्षा गुर्नुपर्छ : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले वागमती प्रदेशमा समस्या रहेको बताएका छन् । उपाध्यक्ष पोखरेलले नेकपा एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशभित्र देखा परेको समस्यालाई निर्मम रुपमा समिक्षागरी समाधान गर्नुपर्ने बताएका हुन ।

धेरै खालका चुनौती सामना गर्दै वाग्मती प्रदेशले पार्टीलाई यो ठाउँमा ल्याएको उनले बताए । ‘यो प्रदेशमा पार्टीलाई विचारबाट, संगठनबाट, नेतृत्वबाट विस्थापित गर्ने ठुला ठुला अपराधपूर्ण कार्यहरु भईरहेको पोखरेलले दावि गरे।

यस बिचमा वाग्मती प्रदेशमा पार्टी भित्र पनि केही समस्या रहेको बताउँदै पोखरेलले त्यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने जिकिर गरे। गएको निर्वाचनमा एमालेले वाग्मती प्रदेशमा प्राप्त गरेको परिणाम प्रति पोखरेलले असन्तुष्टि समेत व्यक्त गरका छन्। संगठनात्मक क्षेत्रमा देखिएका केही बेथितिलाई मिलाउन सकिएन भने हामी उद्देश्यमा सफलता प्राप्त गर्न सक्दैनौँ पोखरेलको तर्क थियो ।

अहिले देश संकटमा छ, सामाजिक अराजकता, सांस्कृतिक अधोपतन र आर्थिक विशृङ्खलताले संकट उत्पन्न भएको उनले बताए । वर्तमान गठबन्धन सरकारलाई पोखरेलले आपराधिक गिरोहको संज्ञा दिएका छन् । ‘यो सरकार सरकार नभएर यो देशलाई आपराधिक गिरोहको कुकर्मको मञ्चन भइरहेको छ, यसलाई हामीले बुझ्नु पर्ने जरुरी छ उनको भनाई थियो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ४ : २५ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास