२०८३, १ आश्विन शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै


काठमाडौं । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् ।

उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपि लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी लगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उनले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

कोशी प्रदेशमा हाल तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : ३० बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण