२०८३, २२ आश्विन शुक्रबार

आजबाट एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदै,अध्यक्ष ओलीले रोबोटकोबाट उद्घाटन गर्ने

आजबाट एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदै,अध्यक्ष ओलीले रोबोटकोबाट उद्घाटन गर्ने


काठमाडौँ । आजदेखि नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

संघीय राजधानी रहेको प्रदेश भएकाले अधिवेशनलाई निकै चासेपुर्वक हेरिएको छ । नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले अधिवेशनको तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो । अध्यक्षमा आकांक्षीको संख्या धेरै भएपछि सहमतिको सम्भावना नरहेको नेताहरुले बताउने गर्नुभएको छ ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा पाँचजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ । बगमतीको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गर्नुभएको हो ।

यसैबीच अध्यक्षमा पूर्व सांसद कृष्णभक्त पोखरेलले पनि अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । पार्टी अध्यक्ष ओलीसँगको भेटपछि उहाँले अध्यक्षको लागि आफू निकट नेताहरुसँग छलफल गर्नुभएको हो । संघीय संरचनामा गएपछि पहिलो चोटी एमाले बागमती प्रदेश अधिवेशन हुँदैछ ।

अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुनेछ । नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ९ : ५३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य