२०८३, ११ कार्तिक बुधबार

उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल

उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल


भकुण्डेवेशी । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्धमा जनप्रतिनिधीसंग छलफल गरिएको छ ।

नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो । कार्यक्रममा नगरप्रमुख कुनसाङ लामाले मानिसको औषत आयू बृद्धि गर्नको लागि स्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे । नमोबुद्ध नगरपालिका वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अभियानको दायरा फराकिलो बनाउनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका तर्फबाट अनुसन्धानकर्ता विहङगम विष्ट, नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत नानीमैया विष्टलगायतले सरोकारवाला सबैको साथ र सहयोगबाट नमोबुद्धमा उच्च रक्तचाप र यसको जोखिम नियन्त्रण गर्न सकिने बताए ।

यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह ९सुगर०, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : १७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता