२०८३, २० आश्विन बुधबार

उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल

उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल


भकुण्डेवेशी । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्धमा जनप्रतिनिधीसंग छलफल गरिएको छ ।

नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो । कार्यक्रममा नगरप्रमुख कुनसाङ लामाले मानिसको औषत आयू बृद्धि गर्नको लागि स्वास्थ्यसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे । नमोबुद्ध नगरपालिका वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अभियानको दायरा फराकिलो बनाउनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका तर्फबाट अनुसन्धानकर्ता विहङगम विष्ट, नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत नानीमैया विष्टलगायतले सरोकारवाला सबैको साथ र सहयोगबाट नमोबुद्धमा उच्च रक्तचाप र यसको जोखिम नियन्त्रण गर्न सकिने बताए ।

यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह ९सुगर०, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  १ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको