२०८२, २५ कार्तिक सोमबार

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन


पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले विश्व शान्तिको कामनासहित पनौतीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
पनौती–७ स्थित राजकुमार महासत्त्व (नमःबुद्ध)को जन्म भएको न्हु बहाल परिसरमा रहेको नमोबुद्ध द्यो छें र चैत्यमा दीप प्रज्वलन गर्दै दिवस मनाइएको थियो । रोटरी क्लब अफ पनौतीको आयोजना तथा रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य श्याम बस्नेत, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, अग्रज लायन एवं शिक्षाप्रेमी सामाजिक व्यक्तित्व राजेशकुमार श्रेष्ठ, समाजसेवी उत्तम फाँछी, पनौती कम्युनिटी होमस्टेका अध्यक्ष शीला अमात्यलगायत होमस्टे समूहका सञ्चालकहरु, व्यवसायी मच्छेनारायण सुधाकार तथा शंकर थापाज्यू र फ्रान्सेली पाहुनाहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष रोटरियन मधुसुधन गुरागाईंले रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र ध्वजुको निर्देशनमा क्लब, रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको सहआयोजनामा सो कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।

कार्यक्रमका लागि पनौती पर्यटन विकास केन्द्र, काभ्रे पुण्यवती यातायात सेवा प्रालि, लायन्स क्लब अफ पनौती र काभ्रे सेवा समाजको विशेष सहयोग रहेको थियो । कार्यक्रमको संयोजन रोटरी क्लब अफ पनौतीका निवर्तमान अध्यक्ष रोटिरयन ई. सितु सैजुले गरेका थिए ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ८ : ०३ बजे

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड-मलेसिया समुद्री

मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)