२०८३, २२ आश्विन शुक्रबार

आयरल्याण्ड भ्रमणबाट फर्किए सभामुख

आयरल्याण्ड भ्रमणबाट फर्किए सभामुख


काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आयरल्याण्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गरेको जानकारी दिए ।

भेटका क्रममा आफूले नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको उपचार तथा नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल गरेको जानकारी दिए ।

नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा पनि छलफल गरेको जानकारी उनले दिए ।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए । उनीहरु भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ११ : ५३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य