२०८२, ६ असार शुक्रबार

शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ३० देशका सेना प्रमुख दिल्लीमा भेला हुँदै

शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ३० देशका सेना प्रमुख दिल्लीमा भेला हुँदै


नयाँदिल्ली । हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक(आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ६ : ५९ बजे

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र