२०८३, ११ कार्तिक बुधबार

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो


काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता नगर्ने जिकिर गरेका छन् ।
शनिबार आयोजित राष्ट्रिय फोटो पत्रकार समुह, नेपालको २६ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता नगर्ने बताए ।
उनले भने, ‘सुशासन कायम गर्न सरकारले कसैसँग पनि सम्झौता गर्दैन यो सरकारको पहिलो सर्त हो । हामी विकास र समृद्धिको मामलामा सबैसँग हातेमालो गरेर अगाडि बढेका छौं ।’
मन्त्री महतोले वनलाई व्यवस्थित गदै देशमा भएको श्रोत ,साधन र जैविक विविधतालाई राष्ट्रको समृद्धिमा जोड्न आवश्यक रहेको बताए ।
उनले भने,‘वनलाई व्यवस्थित गदै हामीसँग भएको श्रोत र साधन र हामीसँग भएको खनिजहरु र जैविक विविधतालाई राष्ट्रको समृद्धिमा जोड्न सकेनौं भने त्यसको अर्थ हुँदैन ।’
उनले फोटोबाट नै देशलाई चिनाउन सफल भएता पनि बढ्दो सामाजिक सञ्जालको प्रयोगले फोटो पत्रकारितामा विकृति पनि फैलिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ९ : ३० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता