२०८३, २० आश्विन बुधबार

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो


काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता नगर्ने जिकिर गरेका छन् ।
शनिबार आयोजित राष्ट्रिय फोटो पत्रकार समुह, नेपालको २६ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता नगर्ने बताए ।
उनले भने, ‘सुशासन कायम गर्न सरकारले कसैसँग पनि सम्झौता गर्दैन यो सरकारको पहिलो सर्त हो । हामी विकास र समृद्धिको मामलामा सबैसँग हातेमालो गरेर अगाडि बढेका छौं ।’
मन्त्री महतोले वनलाई व्यवस्थित गदै देशमा भएको श्रोत ,साधन र जैविक विविधतालाई राष्ट्रको समृद्धिमा जोड्न आवश्यक रहेको बताए ।
उनले भने,‘वनलाई व्यवस्थित गदै हामीसँग भएको श्रोत र साधन र हामीसँग भएको खनिजहरु र जैविक विविधतालाई राष्ट्रको समृद्धिमा जोड्न सकेनौं भने त्यसको अर्थ हुँदैन ।’
उनले फोटोबाट नै देशलाई चिनाउन सफल भएता पनि बढ्दो सामाजिक सञ्जालको प्रयोगले फोटो पत्रकारितामा विकृति पनि फैलिएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ९ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको