२०८२, २१ असार शनिबार

नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व : सचिवमा मल्ल ११ मतले पराजित

नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व : सचिवमा मल्ल ११ मतले पराजित


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ । अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य चुनेको हो ।
सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।

केन्द्रीय सदस्यमा महिलातर्फ एक मात्रै उम्मेद्वारी परेपछि जयन्तीदेवी भट्ट निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए । बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले सुनिल कुमार पौडेललाई १३ मतले पछि पार्दै जित हात पारे भने मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ ।

उनीहरूले ४२/४२ भोट ल्याएका हुन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए । त्यस्तै बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मा रोकिए । गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए । सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए ।
खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले ५९ र पाठकले ५४ मत ल्याए भने आयूषले ५१ र चन्दले ३४ मत ल्याएका छन् ।
पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६/२६ मत आएको छ । उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : ०२ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति