२०८३, १० बैशाख शुक्रबार

मोटरसाइकल दुर्घटनाका घाइते युवकको ज्यान गयो

मोटरसाइकल दुर्घटनाका घाइते युवकको ज्यान गयो


काठमाडौं । कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डोटीका एक युवकको ज्यान गएको छ ।

अत्तरीया स्याउले जोड्ने भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ आउदै गरेको से ६ प ८७२१ नम्बरको मोटरसाइकल शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका–१ का १९ वर्षीय भीमबहादुर बिक गम्भीर घाइते भएका थिए ।

घाइते बिकको आज शनिवार उपचारको क्रममा ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते बिकको पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी बसेका ४५ वर्षीय ओमप्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ६ : १६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले