२०८२, २२ चैत्र सोमबार

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । आज काठमाण्डौमा भएको चुनावमा प्रशान्तविक्रम मल्ललाई हराउँदै पारस विजयी भएका हुन् ।

आज भएको चुनावमा कुल ८४ मतदातामध्ये ८४ मत नै खसेको थियो । विजयी हुन ४३ मत आवश्यक थियो । मत गणना नसकिँदै खड्काले ४३ मत ल्याएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ५ : ४३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर