२०८२, ३ कार्तिक आईतबार

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । आज काठमाण्डौमा भएको चुनावमा प्रशान्तविक्रम मल्ललाई हराउँदै पारस विजयी भएका हुन् ।

आज भएको चुनावमा कुल ८४ मतदातामध्ये ८४ मत नै खसेको थियो । विजयी हुन ४३ मत आवश्यक थियो । मत गणना नसकिँदै खड्काले ४३ मत ल्याएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ५ : ४३ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल