२०८२, २४ भाद्र मंगलबार

काठमाण्डौ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन

काठमाण्डौ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन


काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको श्रम बैंकमा चार सय वटा आवेदन परेका छन् । गएको भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय वटा आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरले चालू आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ ।

महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकीकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिनुभयो । बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो।

महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ । कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराइ सीप क्षमता भएका श्रमिकलाई काममा लगाइ उचित पारिश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ । राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उहाँले बताउनुभयो ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाण्डौमा बसोबास भएको हुनुपर्ने छ । उहाँका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ३ : ३६ बजे

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित

काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ