२०८३, १२ आश्विन मंगलबार

सहमतिमा आफूहरूलाई नसमेटिएको भन्दै राहतका शिक्षकहरूको आन्दोलन जारी (फोटो फिचर )

सहमतिमा आफूहरूलाई नसमेटिएको भन्दै राहतका शिक्षकहरूको आन्दोलन जारी (फोटो फिचर )


काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् ।सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । उनले देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्नका लागि राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प नभएको गुनासो गरे । उनले भने, ‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प थिएन । हामी रहरले राहत शिक्षक भएका हौं ? गुणस्तरीय शिक्षक बन्छौं र सामुदायिक विद्यालय सुधार्छौ भनेर लागेका हौं । २० स्थायी व्यवस्थापन गर्नु पर्दैन? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ ।’

उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै भन्दै भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौं नत्र माइतीघरमै बस्ने छौं ।’ बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन  गरिरहेका थिए ।

शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ३ : २९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय