२०८२, २७ असार शुक्रबार

सहमतिमा आफूहरूलाई नसमेटिएको भन्दै राहतका शिक्षकहरूको आन्दोलन जारी (फोटो फिचर )

सहमतिमा आफूहरूलाई नसमेटिएको भन्दै राहतका शिक्षकहरूको आन्दोलन जारी (फोटो फिचर )


काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् ।सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । उनले देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्नका लागि राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प नभएको गुनासो गरे । उनले भने, ‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प थिएन । हामी रहरले राहत शिक्षक भएका हौं ? गुणस्तरीय शिक्षक बन्छौं र सामुदायिक विद्यालय सुधार्छौ भनेर लागेका हौं । २० स्थायी व्यवस्थापन गर्नु पर्दैन? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ ।’

उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै भन्दै भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौं नत्र माइतीघरमै बस्ने छौं ।’ बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन  गरिरहेका थिए ।

शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ३ : २९ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत