२०८३, ७ कार्तिक शनिबार

केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ

केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ


काठमाण्डौ । केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ ।

कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण देखिएसँगै नेपालभरिका नाकामा रहेका प्लान्ट क्वरेण्टीनहरूले उच्च सतर्कता अपनाएका हुन् । १४ वर्षअघि भारतबाट भित्रिएको पानामाको रेस–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्‍याएको थियो । अहिले देखिएको रेस–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्‍याउने भएकोले सतर्कता बढाएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो ।

यो रोग सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट एक ठाउँबाट अर्को ठाउँसम्म फैलने गर्दछ । भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । टिआर–४ केराका कोसाबाट नसर्ने भएकोले कोसामात्रै सुरक्षित गरेर ल्याएकोलाई मात्रै नेपाल भित्रने अनुमति दिने गरेको उहाँले बताउनुभयो ।

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरूको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको छ । यस्तै भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ६ : ३२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने