२०८३, ५ कार्तिक बिहीबार

सरकार र शिक्षकहरूबीचको वार्ता शुरु

सरकार र शिक्षकहरूबीचको वार्ता शुरु


काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा भइरहेको वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।

अहिले शिक्षक–कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका र त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू गएको बुधवारदेखि आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका छन् ।

आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ आएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो बिहीवार पनि आन्दोनरत शिक्षकहरूसँग छलफल भएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ५ : ३६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा