२०८२, १६ असार सोमबार

विद्यालयको पठनपाठन सञ्चालन गर्न काभ्रेका स्थानीय तहको निर्देशन

विद्यालयको पठनपाठन सञ्चालन गर्न काभ्रेका स्थानीय तहको निर्देशन


काठमाडौं । काभ्रेका स्थानीय तहले विद्यालयको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन् । आज धुलिखेलमा भएको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले तत्काल विद्यालयको पठनपाठन सूचारु गर्न निर्देशन दिएका हुन् ।

अनिश्चितकालिन विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा रहँदा विद्यार्थीहरूको अधिकार हनन् भएको ठहर गर्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले उक्त निणर्यसहित निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठक पछि एक विज्ञप्ति जारी गर्दै बन्द रहेको विद्यालय तत्काल सूचारु गर्न निर्देशन दिएको हो ।

विद्यालय बन्दको कारण बालबालिकाको विद्यालय जाने अधिकारबाट बञ्चित हुन पुगी शिक्षामा ठूलो असर भएकाले सबै सरोकारवालाहरू संवेदनशील र गम्भीर भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष स्थानीय सरकारहरूका नेतृत्वहरूले निकालेका छन् ।

यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । उक्त वैठकले नेपाल सरकारले संसदमा छलफलको लागि पेश गरेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर्न पनि काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले अग्रह गरेका छन् ।

बैठकले संसदमा पेश भएको वद्यालय शिक्षा विधेयक संविधान विपरित रहेकोले गर्न आग्रह गरेका हुन् । शिक्षा विधेयक तत्काल फिर्ता गरी सर्वपक्षीय छलफलको माध्यमबाट विद्यालय शिक्षा विधेयक २०८० संशोधन गर्न आवश्यक रहेको पनि ठहरसहित अनुरोध गरेका छन् । ‘विद्यालय शिक्षा विधेयक २०८० को प्रावधानप्रति पनि असहमती जनाउँदै शिक्षकहरुले सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असर प्रति काभ्रे जिल्लाको स्थानीय सरकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनेको छ, ‘विद्यालय शिक्षा विधेयक २०८० को कतिपय प्रावधान संविधान विपरीत देखिएकाले उक्त विधेयक यथाशीघ्र फिर्ता गरेर सर्वपक्षीय छलफल तथा वार्ताबाट संविधान अनुकूल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेश गर्न आग्रह गर्दछ ।’ सो विज्ञप्तिमा १३ स्थानीय तहमध्ये ९ स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने स्थानीय तहका प्रमुख तथा उपप्रमुहरूमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका
चौलागाई, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम र रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा रहेका छन् ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  २ : ५३ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको