२०८३, ५ कार्तिक बिहीबार

आज पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

आज पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प


काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्ने गरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो । उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका छन् ।

विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ६ : ५२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा