२०८२, ११ चैत्र बिहीबार

आज पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

आज पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प


काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्ने गरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो । उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका छन् ।

विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ६ : ५२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे