२०८२, २५ मंसिर बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा


काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ ।

साथै, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् ।

बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन-नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  १ : ११ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास