२०८३, २५ भाद्र शुक्रबार

युरोपका देश पठाउँछु भन्दै पैसा लिएर नपठाउने र बढी शुल्क लिने दुई म्यानपावर परे कारबाहीमा

युरोपका देश पठाउँछु भन्दै पैसा लिएर नपठाउने र बढी शुल्क लिने दुई म्यानपावर परे कारबाहीमा


काठमाण्डौ । वैदेशिक रोजगारीमा पठाउन श्रमिकसँग बढी शुल्क लिने र पैसा लिएर पनि विदेश नपठाउने दुई म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

श्रमिकलाई रोजगारीका लागि युक्रेन, रोमानीया र पोल्यण्ड पठाउने भन्दै रकम लिई नपठाएको र लिएको रकम समेत फिर्ता नगरेपछि विभागले युनाइटेड म्यानपावर एजेन्सी प्रालिलाई निलम्बन गरेको छ । यो म्यानपावरले श्रमिकहरूबाट रकम लिएर लामो समयसम्म पनि रोजगारीका लागि पठाएको थिएन ।

श्रमिकहरूले आफूले तिरेको रकम फिर्ता माग्दा समेत नदिएपछि विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकलाई पटक पटक सम्पर्क गरी ऐन अनुसार रकम फिर्ता गरी मुद्दाको फरफारकका लागि अनुरोध गरे पनि नटेरेपछि निलम्बन गरेको विभागले जनाएको छ ।

यस्तै युरो एसिया एचआर सोलुसन प्रालिले वैदेशिक रोजगारीमा श्रमिक पठाउन बढी रकम लिएको पाइएपछि लिएको बढी रकम श्रमिकलाई नै फिर्ता गराई विभागले एक लाख रुपैयाँ जरिबाना गराएको छ ।

भिसा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च लगायतका नाममा लाग्ने भन्दा बढी रकम लिएको भन्दै म्यानपावरलाई आउँदा दिनमा यस्तो कार्य नदोहोर्‍याउन निर्देशनसहित एक लाख रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ११ : ०७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको