२०८२, २७ चैत्र शनिबार

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने


काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिनुभयो । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाण्डौबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका-१ को एक्लेफाँटमा र काठमाण्डौ भित्रिने गाडीलाई गजुरी गाउँपालिका-५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  १० : ५५ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण