२०८३, १ आश्विन शुक्रबार

राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली

राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ : ओली


काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उहाँले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘आज देश जहाँ पुगेको छ, यति बेला सबैले गम्भीर भएर सोच्नपर्ने अवस्था आएको छ । सबै पार्टी, सबै पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौँ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति बेहोरेर यो ठाउँमा आइपुगेका छौँ । यी आजका उपलब्धिहरू यत्तिकै आकाशबाट आएका होइनन् । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’

अध्यक्ष ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै देशमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद अवस्था आएकाले उहाँको स्मरणमा पार्टीले ‘सुवास र संविधान’ विषयक कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

ओलीले एमालेले देशलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ५ : २४ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण