२०८३, १४ कार्तिक शनिबार

एमालेले आज सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

एमालेले आज सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्दै


काठमाडौँ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्ने भएको छ ।

एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासललगायत सातै प्रदेशमा हुनेछ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको एमाले प्रचार विभागले जनाएको छ ।

स्वर्गीय सुवास नेम्वाङको सम्झनामा आज सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
एमालेले हालै दिवङ्गत नेता नेम्वाङको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । विचार गोष्ठी अन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  १० : ०२ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा