२०८२, २६ फाल्गुन बुधबार

वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान


काठमाडौं । सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले विदाई अघि पत्रकार सम्मेलन गरि विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।


वल्र्ड मार्शल आर्टीस्ट काउन्शीलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए । धामीले आफूहरुले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाईल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको महासचिव धामिले बताए ।

मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्श अर्ट काउन्शीलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ । सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनु पर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानिमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष द्वोय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौशलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ८ : ४३ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा