२०८२, ५ माघ सोमबार

वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान


काठमाडौं । सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले विदाई अघि पत्रकार सम्मेलन गरि विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।


वल्र्ड मार्शल आर्टीस्ट काउन्शीलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए । धामीले आफूहरुले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाईल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको महासचिव धामिले बताए ।

मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्श अर्ट काउन्शीलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ । सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनु पर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानिमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष द्वोय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौशलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ८ : ४३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ