२०८२, २५ भाद्र बुधबार

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाको ज्यान गयो

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाको ज्यान गयो


काठमाडौं । अरिङ्गालले चिलेर ताप्लेजुङमा आज सोमवार एक वृद्धाको ज्यान गएको छ ।

अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयो । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टोलेको वडाध्यक्ष लिम्बुले बताउनुभयो ।

अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाको चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा उहाँको ज्यान गएको लिम्बुले बताउनुभयो ।

केही समयअघिसम्म छ्यापछ्याप्ती देखिने अरिङ्गाल अहिले भने कम देखिन थालेको स्थानीयवासी बताउँछन् । घरको भित्ता तथा रुखहरूमा देखिने अरिङ्गालको गोलाहरू देखिन छाडेको फक्ताङलुङ गाउँपालिका–६ का राम तामाङ बताउनुहुन्छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : २८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा