२०८२, २७ फाल्गुन बिहीबार

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ ।

चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई जारी गरेको सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेको भन्दै निलम्बन गर्ने निर्णयलाई अनुमोदन गरेको उल्लेख छ ।

सर्कुलरमा उल्लेख छ, ‘सा‌स्कृतिक जन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ ।’
नेताहरूका अनुसार उनलाई बहुविवाह गरेको आरोप लागेको छ । जसलाई चौधरीले पनि स्वीकार गरेका छन् ।

चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन् ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : २१ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा