२०८२, १६ कार्तिक शनिबार

पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी

पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी


काठमाण्डौ । सुनसरीको दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

दुहवीका मेयर वेदनारायण गच्छदारले आज सोमवार विज्ञप्ति निकालेर कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँ झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्नरगराउन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको र यो निर्देशनको अवज्ञा गरेमा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको तर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छरछैन भन्ने विषय ख्याल गर्नुपर्ने मेयर गच्छदारले बताउनुभएको छ । बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द, हडताल गर्नु कदापि स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : ०७ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा