२०८३, १५ श्रावण शनिबार

पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी

पढाइ रोकेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने दुहवी नगरपालिकाको चेतावनी


काठमाण्डौ । सुनसरीको दुहवी नगरपालिकाले पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

दुहवीका मेयर वेदनारायण गच्छदारले आज सोमवार विज्ञप्ति निकालेर कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् । कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सधैँ झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्नरगराउन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको र यो निर्देशनको अवज्ञा गरेमा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको तर आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छरछैन भन्ने विषय ख्याल गर्नुपर्ने मेयर गच्छदारले बताउनुभएको छ । बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द, हडताल गर्नु कदापि स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : ०७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने