२०८३, २२ आश्विन शुक्रबार

विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घोषणा

विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घोषणा


काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जरुरी सूचना निकालेर भोलि सोमवार बिहान ६ बजेदेखि सर्वसाधारण तथा गाडी आवातजावातबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नालगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनुभएको हो ।

सूचनामा विराटनगरमा रहेको प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालयलगायतको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका बेला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ७ : ३६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य