२०८२, ५ माघ सोमबार

भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि

भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि


काठमाण्डौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो ।

श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । यस्तै श्रीलङ्का ६ पटकको विजेता हो । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेको थियो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ७ : ३४ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ