२०८२, २५ कार्तिक सोमबार

राष्ट्रपति पौडेलले, सुवास नेम्वाङको परिवारलाई पठाए समवेदना सन्देश

राष्ट्रपति पौडेलले, सुवास नेम्वाङको परिवारलाई पठाए समवेदना सन्देश


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, सुवास नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।
आईतबार राष्ट्रपति पौडेलले नेम्वाङका परिवारजनलाई समवेदना सन्देश पठाउँदै नेपालको राजनीतिक र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा लेखिएको छ “जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्, नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिए”
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा नेम्वाङसंग भएका सहकार्यहरू आफ्नो स्मृतिमा ताजै रहने बताएका छन् ।
नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपति पौडेलले शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले पार्टी र शुभेच्छुकहरूमासमवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ४ : १३ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।