२०८२, २ फाल्गुन शनिबार

न्याय नपाएको प्रति पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसंग आग्रह

न्याय नपाएको प्रति पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसंग आग्रह


काठमाडौं । तीन महिना भन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साहका परिवारले आक्रोश पोखका छन् ।
साहको न्यायका माइतीघरमा तीन महिनादेखि धर्नामा बसेका उनका परिवारले राज्यले नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै न्याय माग्ने क्रममा आफूहरुलाई पीडा दिएको दुखेसो गरे । सरकारले आफ्ना जायज मुद्दा वेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायको लागि आवाज उठाउन अपिल गरेका छन् ।
राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरु न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन् ।
प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरुलाई कुटेको उनको आरोप छ । उनले भनिन्, ‘त्यहाँका प्रहरी विश्वराज खड्काले हामी सबैजनालाई (५) कुटपिट गरेर थुन्देको थियो । विश्वराज खड्काले जवर्रजस्ति राती ९ बजेतिर गाडि पार्किङ गर्ने ठाउँमा लगेर जवरैजस्ती खुट्टा ढोग्न लगाए र मेरो बुबालाई धम्की दिए । तिम्रो छोरी त मरिन भएका अरु छोराछोरीलाई पनि मार्दिम? कहाँ जान्छौ सिआइबी अनुसन्धान चाहियो रे, खुरुक्क साइन गर नत्र ज्यान मार्ने भनेर धम्की दिएर जहाँ भन्यो त्यहाँ सहि छाप लगाएर र खुट्टा ढाोगे पछि बल्ल हामीलाई त्यहाँ बाट बाहिर निस्किन दिए ।’ मृतक आरती साहको आमा, भाई ,बहिनी र बुबा असार १ गतेबाट मृतक छोरीको न्यायको लागि भन्दै माइतीघरमा धर्नामा छन् ।
२०८० असार १ गतेबाट उनिहरुले दाइजोको निहुँमा कुटपिट गरी साहको हत्या गरिएको र पीडक पक्षलाई प्रशासनको समेत संरक्षण रहेको साह परिवारको आरोप छ ।
यति लामो समयदेखि न्यायको अपील गर्दा समेत प्रशासनले कुनै वास्ता उनीहरुको गुनासो छ ।
लामो समयबाट अपराधीमाथि कारबाही र आफ्नो मृतक दिदीको न्यायको लागि माग गर्दै आएपनि कसैले नसुनेको भन्दै मृतकको भाई प्रेम साहले सहयोगको याचना गरे ।
‘हामीले यहाँबाट न्याय पाएनौ भने भोलिका दिनमा हजारौंले न्याय पाउँदैन । त्यसैले सबै नागरिक उठेर अब न्यायको लागि आवाज उठाऔँ । पार्टी पोलिसि नगरौं न्यायको लागि मात्रै लडौ भनेर सबैलाई भन्छु । र कम्तीमा लेखेको नियम फलो होस् । नलेखेको नियमबारेमा त भन्नै सक्दैनौ । जो लेखिएको छ त्यो कम्तीमा लागू होस्, फलो होस । कानून सबैलाई लाग्नुपर्छ,त्यसको लागि सबै जनाले आवाज उठाउनको लागि हामीलाई सहयोग गर्नुहोस्,’ प्रेम साहले भने ।
छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह सहितका परिवार माइतीघरमा धर्ना बसेको छन् ।
छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको उनीहरुको दाबी छ । छोरीलाई दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी हत्या गरेको आमा निर्मलादेवीको जिकिर छ । गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ । उनिहरुले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई सकेका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ३ : २५ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड