२०८३, ७ कार्तिक शनिबार

पानी नपर्दा गर्मी बढ्यो

पानी नपर्दा गर्मी बढ्यो


काठमाण्डौ । पानी नपर्दा गर्मी बढ्न थालेको छ । मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।

आज पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

कोशी, बाग्मती र मधेस प्रदेशमा भने फाट्टफुट्ट मात्रै पानी पर्ने उहाँले बताउनुभयो । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । यस्तै, जनकपुर, धनगढी र भैरहवाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस छ ।

यसैबीच, यसपालि मनसुनमा पनि प्रि(मनसुनको जस्तो गतिविधि देखिएको छ । मनसुनमा पनि प्रि(मनसुनको मेघगर्जनसहित चट्याङ परिरहेको छ । मनसुनसँगै स्थानीय वायुको प्रभाव पर्न थालेकाले मेघगर्जनसहित चट्याङ पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अझै एकरदुई दिनको मौसम यस्तै रहेने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना