२०८२, २७ चैत्र शनिबार

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

३४ जनालाई माफी दिनुपर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार


काठमाण्डौ । संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागि सिफारिस भएकामध्ये ३४ जनाको बारेमा राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएको छ ।

राष्ट्रपति कार्यालयले माफी मिनाहाका लागि सिफारिस भएका ३४ जनालाई माफी दिनु पर्ने कारणसहित स्पष्ट आधार लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि यसबारेमा स्पष्ट हुन खोजेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले आममाफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको स्रोतले जनाएको छ । सरकारले आउँदो असोज ३ गते संविधान दिवस पारेर ६ सय ७० जना कैदीबन्दीलाई माफी दिँदैछ । कारागार व्यवस्थापन विभागले कैद माफीका लागि आठ सय जनाको सूची पठाएको थियो।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ सय ७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा धेरैजसो ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेका बुझिएको छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : २९ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण