२०८२, २४ कार्तिक आईतबार

बिद्यार्थीलाई केपी ओलीले सुनाए बाल्यकाल र जेलजीवनको कथा

बिद्यार्थीलाई केपी ओलीले सुनाए बाल्यकाल र जेलजीवनको कथा

"म पहिले अलि बिरामी थिएँ, अहिले ठिक छु"


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताउनु भएको छ ।

भक्तपुरमा आयोजित बासँग विद्याथी कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने धारणा पनि राख्नुभयो ।

‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ । पूर्वप्रधानमन्त्री चाहिँ भएकै हो । अब्बल राजनीतिज्ञ अब तपाईंहरुबाट जन्मिनुपर्छ नयाँ पिढीबाट जन्मनुपर्छ । हाम्रो पिढी भन्दा तपाईंहरु बढी देशभक्त, विकासप्रेमी र क्रियाशित र सफल नेताका रुपमा तपाईंहरु आउनुपर्छ,’ ओलीले भन्नुभयो ।

उहाँले आफूले नेपालबिरोधी षडयन्त्रलाई हराउन नसकेको पनि बताउनु भयो । ‘मेरा केही असफलता छन । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईंहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपाललाई साच्चैको सार्वभौम, स्वतन्त्र र स्वाभिमान बनाउनुपर्छ,’ ओलीले भन्नुभयो, ‘आफ्नो भूगोलको विल्कुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्दछ । म तपाईंहरुसँग त्यो अपेक्षा गर्दछु ।’

एमाले अध्यक्ष ओलीले अब्बल राजनीतिज्ञ बन्न नसकेपछि आफू इमानको साथ काम गर्ने र इमान्दार प्रयास गर्ने बताउनु भयो । उहाँले राष्ट्रको सम्पत्ति आफ्नो बनाउन नहुने मान्यता राख्ने धारणा पनि राख्नुभयो । ओलीले बालबालिका अनुहारमा देशभरीका युवाको आत्मविश्वास देखिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले पार्टीमा सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा पनि गर्नुभयो । उहाँले आफू अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भयो । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाउनु भयो ।

‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ, अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु,’ तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस भन्ने प्रश्नमा ओलीले भन्नुभयो । ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताउनु भयो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ४ : ०४ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको