२०८३, ८ भाद्र मंगलबार

बिद्यार्थीलाई केपी ओलीले सुनाए बाल्यकाल र जेलजीवनको कथा

बिद्यार्थीलाई केपी ओलीले सुनाए बाल्यकाल र जेलजीवनको कथा

"म पहिले अलि बिरामी थिएँ, अहिले ठिक छु"


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताउनु भएको छ ।

भक्तपुरमा आयोजित बासँग विद्याथी कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने धारणा पनि राख्नुभयो ।

‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ । पूर्वप्रधानमन्त्री चाहिँ भएकै हो । अब्बल राजनीतिज्ञ अब तपाईंहरुबाट जन्मिनुपर्छ नयाँ पिढीबाट जन्मनुपर्छ । हाम्रो पिढी भन्दा तपाईंहरु बढी देशभक्त, विकासप्रेमी र क्रियाशित र सफल नेताका रुपमा तपाईंहरु आउनुपर्छ,’ ओलीले भन्नुभयो ।

उहाँले आफूले नेपालबिरोधी षडयन्त्रलाई हराउन नसकेको पनि बताउनु भयो । ‘मेरा केही असफलता छन । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईंहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपाललाई साच्चैको सार्वभौम, स्वतन्त्र र स्वाभिमान बनाउनुपर्छ,’ ओलीले भन्नुभयो, ‘आफ्नो भूगोलको विल्कुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्दछ । म तपाईंहरुसँग त्यो अपेक्षा गर्दछु ।’

एमाले अध्यक्ष ओलीले अब्बल राजनीतिज्ञ बन्न नसकेपछि आफू इमानको साथ काम गर्ने र इमान्दार प्रयास गर्ने बताउनु भयो । उहाँले राष्ट्रको सम्पत्ति आफ्नो बनाउन नहुने मान्यता राख्ने धारणा पनि राख्नुभयो । ओलीले बालबालिका अनुहारमा देशभरीका युवाको आत्मविश्वास देखिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले पार्टीमा सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा पनि गर्नुभयो । उहाँले आफू अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भयो । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाउनु भयो ।

‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ, अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु,’ तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस भन्ने प्रश्नमा ओलीले भन्नुभयो । ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताउनु भयो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ४ : ०४ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र