२०८२, २७ चैत्र शनिबार

कुन राशिका महिलाहरु छिटो प्रेममा पर्छन् ? जानीराखौं

कुन राशिका महिलाहरु छिटो प्रेममा पर्छन् ? जानीराखौं


काठमाडौँ । भनिन्छ, केटी मान्छेको मन कमलो हुन्छ । उनको स्वभाव भावनात्मक रुपमा अझ धेरै दयालु र अरुलाई पनि छिटो विश्वास गर्ने खालको हुन्छ । त्यसैले नै महिलालाई प्रेमको खानीका रुपमा पनि चित्रित गर्ने गरिन्छ । समुन्द्र शास्त्रका अनुसार महिला या पुरुष छिटो प्रेममा पर्नका लागि उसको राशिले पनि प्रभाव पार्छ । त्यसो त कुन राशिका महिलाहरु छिटो प्रेममा पर्छन् ?

मेष : मेष राशिका केटीहरुलाई उनीहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मनपर्छ भन्ने पनि छैन । उनीहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरुलाई आफ्नो प्रेममा पार्न त्यति सजिलो छैन ।

बृष : बृष राशिका केटीहरु सुन्दर हुन्छन् । यस राशिका केटीहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनीहरुलाई बुझ्न भने गाह्रो पर्छ । यस राशिका केटीहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन : मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनीहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटीहरुलाई सबैले मन पराउँछन् । तपाईं मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाईं पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट : कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मनपर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने तपाईको कुरो बिग्रिन सक्छ ।

सिंह : सिंह राशिका केटीहरु जहिले पनि अरुमाथि आफ्नो शासन चलाउन चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई प्रभावित पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ आकांक्षी हुन्छन् ।

कन्या : कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्, यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला : तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाईं एकदम समझदार हुनुपर्छ ।

बृश्चिक : बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन ।

धनु : धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथि प्रभाव पार्नको लागी तपाईंमा प्रतिभाशाली र सक्षम हुनुपर्छ ।

मकर : मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभावका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेम सम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ : कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाईं अलिकति समझदार हुनुभयो भने तपाईंलाई कुम्भ राशिको केटीलाई प्रभावित पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन : मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायाप्रेममा पर्छन् । यस राशिका केटीहरुलाई प्रभाव गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपना र चलचित्रमा जस्तो मायाप्रेम मनपर्छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ३ : ५१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण