२०८२, १९ मंसिर शुक्रबार

सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु


काठमाण्डौ । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएको बताउनु भयो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम शुरु गरेका छन् ।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाण्डौ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यो सेवाको अवधारणा ल्याइएको हो ।

बिहान र बेलुका कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म यो सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको