२०८२, २८ फाल्गुन शुक्रबार

चौबीसवटा पालिकामा भूमिहीन र सुकुम्बासीको लगत सङ्कलनको लागि निवेदन आह्वान

चौबीसवटा पालिकामा भूमिहीन र सुकुम्बासीको लगत सङ्कलनको लागि निवेदन आह्वान


काठमाण्डौ । राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लाका चौबीसवटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ ।

आयोगले आज सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको हो । आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचानामा भनिएको छ ।

कोशी प्रदेशमा उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।

यस्तै, मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका, सिरहाको नवराजपुर गाउँपालिका, सिरहा नगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका, बह्मपुरी गाउँपालिका, बाराको आदर्श कोतवाल गाउँपालिका, प्रसौनी गाउँपालिका, रौतहटको पहोरा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, इशानाथ नगरपालिका, बौधीमाई नगरपालिका र राजपुर नगरपालिकामा पनि निवेदन दिन सकिन्छ ।

त्यसैगरी, बाग्मतीमा रामेछाप खाँडादेवी गाउँपालिका, काठमाण्डौको शङ्खरापुर नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका तथा गण्डकीमा बाग्लुङको वरेङ गाउँपालिकामा निवेदन दिन पाइन्छ ।

यस्तै, लुम्बिनी प्रदेशका लागि रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, कर्णाली प्रदेशमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका र सुदूरपश्चिम प्रदेशका लागि बझाङ तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार यसअघि लगत सङ्कलन थालिएका पालिकामा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  १२ : ०८ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा