२०८३, १५ श्रावण शनिबार

डाक्टर कुटपिट प्रकरण : देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक सङ्घको चेतावनी

डाक्टर कुटपिट प्रकरण : देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक सङ्घको चेतावनी


काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

चिकित्सक सङ्घले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गर्दै आफ्ना माग पूरा नभएमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो । बिरामीको उपचारमा लापर्बाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको सङ्घको दाबी छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानको केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उहाँको उपचारका क्रममा ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ५ : ५१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने