२०८२, १९ मंसिर शुक्रबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापातीमा दुर्घटना, सात जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापातीमा दुर्घटना, सात जना घाइते


काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार दिउँसो आफैं अनियन्त्रित भई सुनापाती गाउँपालिका ३ कै भलायखर्क भन्ने स्थानमा पल्टिँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

‘बसमा २० यात्रु सवार थिए । त्यसमध्ये दुर्घटनाम सातजना घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होम पराजुलीले भने, ‘घाइते सबै खतरामुक्त छन् ।’ घाइतेलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए ।

अप्ठ्यारो बाटोमा अनियन्त्रित भएर बस सडकमै पल्टिएको हो । सडकबाट तल नखसेकाले ठूलो मानविय क्षति हुन नपाएको डीएसपी पराजुलीले बताए । दुर्घटनापछि बस चालक रामेछापकै चित्रबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकको बीचमै बस पल्टिँदा दिउँसो केही घण्टा सुनापतिमा सडक अवरुद्ध भएको थियो ।

दुर्घटनामा सुनपाती २ का ५० वर्षीया मैच्याङ तामाङ, सुनापाती ४ का ६२ वर्षीय धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षीया शुक्रमाया विश्वकर्मा, सुनापाती २ का ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापा, सुनापटी–५ का चार वर्षीय बालक विश्वास बिसंखे घाइते भएका छन् । उनीहरु सबैको धुलिखेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ८ : ४९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको