२०८२, २१ असार शनिबार

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा

विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा


काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो ।

आउँदो महिना भारतमा हुने विश्वकपका लागि घोषणा गरिएको टिममा ४ परिवर्तन गरिएको छ । एसिया कपमा राम्रो प्रदर्शन गरेका गुलवद्धिन नायबसहित करिम जनत, शराफुद्धीन अशरफ र सुलेमान सफी टिमबाट बाहिरिएका छन् ।

अजमतुल्लाह उमरजाले चोटपछि पुन टिममा पुनरागमन गरेका छन् । उनी चोटका कारण एसिया कपमा परेका थिएनन् ।

नविन उल हकले पनि टिममा पुनरागमन गरेका छन् । उनले हालसम्म ७ वटा एकदिवसीय खेल्दै २५।४२ को औसतमा १४ विकेट लिएका छन् ।

एकदिवसीय क्रिकेटमा ६ वर्षपछि टिममा बोलाइएको जनतलाई पुन टिमबाट बाहिर राखिएको छ ।

नायबले पकिस्तानसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले मंगलबार श्रीलंकासँगको खेलमा ४ विकेट लिए पनि उनी हालको विश्वकपको टिमबाट बाहिर छन् ।

टिमका अन्य सदस्य भने एसिया कपकै खेलाडी छन् । जसमा स्पिन अट्याकमा रासिद खान र मोहम्मद नाबी छन् भने मुजिबर रहमान र नुर अहमद पनि छन् ।

नविन टिममा फर्किएसँगै तीव्र गतिमा अफगानस्तान बलियो बनेको छ । जसमा फजल हक फारुकी र अब्दुल रहमानले तीव्र गतिको बलिङ सम्हाल्ने छन् ।

अफगानिस्तानको विश्वकप खेल्ने टिम

समतुल्लाह शाहिदी (कप्तान), हरमानुल्लाह गुरबाज, इब्राहिम जादरान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जादरान, मोहम्मद नाबी, इकराम अलिखिल, अजमतुल्लाह उमरजई, रासिद खान, मुजिबर रहमान, नुर अहमद, फजल हक फारुकी, अब्दुल रहमान र नविन उल हक

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ६ : ३८ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति