२०८२, ५ कार्तिक मंगलबार

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाको शव भेटियो

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाको शव भेटियो


काठमाडौ । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका पाँच हजार जनाभन्दा धेरैको शव भेटिएको छ ।

ड्यानियल नामको आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका पाँच हजार तीन सय जनाको शव भेटिएको लिबियाका नागरिक उड्डयन मन्त्री हिचेम अबु चकियोआतललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकको सङ्ख्या दोब्बर हुन सक्ने उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा कम्तीमा ३४ हजार मानिस घरबारविहीन भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीले जनाएको छ । तर सहरमा पुग्ने सडकहरू बाढीका कारण अवरुद्ध वा भत्किएकाले प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन चुनौतीपूर्ण रहेको राष्ट्र सङ्घले जनाएको छ ।

आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो । जसका कारण लाखौँ क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : २६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,