२०८२, ३० पुस बुधबार

विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने

विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने


काठमाडौं । हृदयाघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि मात्रै अन्तिम संस्कार गरिने भएको छ । उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले जानकारी दिएका छन् । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ । नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ८ : ३० बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता