२०८३, २१ बैशाख मंगलबार

स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदी सबस्टेशन निर्माण हुने

स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदी सबस्टेशन निर्माण हुने




काठमाण्डौ । सरकारले काठमाण्डौको शङ्खरापुर नगरपालिका–३ बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ ।

सबस्टेशन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत शुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिटै सहमति जुटाइनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज सोमवार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सबस्टेशन निर्माणको काम अगाडि बढाउन दिन आग्रह गर्नुभएको थियो । काठमाण्डौ उपत्यकाको विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको यो सबस्टेशन निर्माणमा जति दिन ढिलाइ हुन्छ, त्यति नै दिन समस्या झनै बढ्दै जाने उल्लेख गर्दै मन्त्री बस्नेतले स्थानीयस्तरमा गर्नुपर्ने विकास निर्माण तथा अन्य कामलाई सरकार र आयोजनाका तर्फबाट अविलम्ब अगाडि बढाइने बताउनुभयो ।

स्थानीयवासीको माग सम्बोधन गरिने र अहिलेको अवस्थाभन्दा सबस्टेशन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारका तर्फबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ छ । उहाँले सामाजिक उत्तरदायित्व, प्रसारण लाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रूपमा नै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौ उपत्यकाभित्र नै विद्युत् कटौती गर्नुपर्ने बाध्यकारी स्थिति पैदा भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यसको गम्भीरतालाई सम्मान गरेर काम गर्न दिने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले आयोजनाबाट पर्ने प्रभावलाई सकेसम्म कम गर्ने तथा गराउनेतर्फ सरकारका तर्फबाट अधिकतम प्रयास गरिने बताउनुभयो ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहजरूपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले स्थानीयवासीले उठाएका मागको अधिकतम सम्बोधन गरिने र त्यसका लागि सरकारका तर्फबाट पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याउन र स्थानीयरूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/ २२० / १३२/ ११ केभी क्षमताको सबस्टेशन निर्माण गर्न लागिएको हो । सबस्टेशनमा रामेछापको नयाँ खिम्तीबाट शुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेशनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छन् । चाँगुनारायणमा १३२ केभी क्षमताको सबस्टेशन सम्पन्न हुने चरणमा छ ।

सबस्टेशनका लागि ५० जना जग्गाधनीहरूको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ साल जेठमा सार्वजनिक सूचना प्रकाशित गरी त्यही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत झन्डै ५० करोड रुपैयाँ वितरण गरिएको छ ।

क्षतिपूर्ति नपाएको एक जनाको हकमा कानुनी समस्या उत्पन्न भएको छ । ती व्यक्तिले भोगचलन गरिरहेको भए पनि पर्ती जग्गाका रूपमा रहेकाले मुआब्जा दिन समस्या छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेशनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ६ : २४ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष