२०८३, ८ भाद्र मंगलबार

कास्कीमा सरकारी कार्यालयहरूको बार्षिक समिक्षा समन्वयका लागि गुनासो डेस्क स्थापना गर्ने

कास्कीमा सरकारी कार्यालयहरूको बार्षिक समिक्षा समन्वयका लागि गुनासो डेस्क स्थापना गर्ने


पोखरा । जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ। कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न
छिट्टै सो डेस्क स्थापना गर्छौ । सो डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित ,मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने ब्यबस्था गर्नेछौं प्रमुख पौडेलले उल्लेख गर्नुभयो।
पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९९८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०९८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै बताउनुभएको हो। पौडेलले सुसासन बिना बिकास संभब नहुने र बिकास बिना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका खातिर हर तवरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको उल्लेख गर्नुभयो।
बिकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस। कहिँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कास्कीका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गरौं। प्रमुख पौडेलले उल्लेख गर्नुभयो। उहाँले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गर्नुभयो। सो अबसरमा सोमबार रूपाताल संरक्षण एकीकृत बिकास परियोजना ,खानेपानी तथा ढल निकास आयोजना पोखरा ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा ,संघीय आयोजना कार्यान्वयन इकाई ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय , सडक डिभिजन पोखरा ,पुष्पलाल मध्य पहाडी सडक आयोजना ,मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड,पूल सेक्टर पोखरा र संघीय पूर्बाधार बिकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो।
जि।स।स।कास्कीले बार्षिक कार्ययोजना निर्माण गरेर सोही मुताबिक आयोजना गरेको उक्त कार्यक्रम सोमबारदेखि शुरु भएर तिनदिन सम्म संचालन हुनेछ।
प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : २८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र